चुनावको उद्घोष जालझेल हो: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको आरोप लगाउनु भएको छ । नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको जिकिर गर्दै प्रतिगमन दोहोरिएको टिप्पणी गर्नु भयो ।

‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो’, उहाँले भन्नु भयो, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ०९:०१