स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नु भएको छ । स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा उहाँलाई स्वास्थ्य राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुनुहुन्छ । लिटिल एन्जल्स विद्यालयका सञ्चालक समेत रहनु भएको श्रेष्ठ प्याब्सनको अध्यक्ष हुनुहुन्थ्यो ।


प्रकाशित | १० श्रावण २०७८, आईतवार १७:३८