माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ । अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) लाई पराजित गर्दै नेम्वाङ विजयी हुनु भएको हो । नेम्वाङले १६९ मत पाउनु भएको थियो भने मेन्याङ्बोले ६४ मत पाउनु भयो ।

निर्वाचन समितिका अनुसार तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा देवान चाम्लिङ (१२०्), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी हुनु भएको छ ।

यस्तै, सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनु भएको छ । उहाँले १४८ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्र पाउनु भयो ।

३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी हुनु भएका छन् । सहसचिवका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुनु भएको छ । कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए ।

९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिनु भएको थियो । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।


प्रकाशित | ८ पुष २०७८, बिहीबार ०८:१६