देशका धेरै जसो स्थानमा चट्याङसहित वर्षाको सम्भावना : सचेत रहन आग्रह

काठमाडौं : देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा बिहिबार सम्म यो क्रम जारी रहने छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको महाशाखाको भनाइ छ । त्यस्तै, तीन दिनसम्म असिना पानी पर्ने भएकाले सबैमा सचेत रहन आग्रह समेत गरेको छ ।

हेर्नुहोस् विभागको सूचना 

जारी मिति बैशाख ०३ गते (मंगलबार) बिहान ६ : ०० बजे बैशाख ०३ गते (मंगलबार) दिउँसोः देशका पश्चिमि भूभागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भूभागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ ्र साथै उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ । राति स् देशका पश्चिमि भूभागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भूभागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भूभागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन र चट्टयांग तथा हुरी बतास सहित वर्षाको रअसिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ०८:०१