माधवले र महन्थले ओलीलाई सघाएको तीन दलको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले वैकल्पिक सरकार निर्माणमा भएका असफलताबारे समीक्षा गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितले राजनीतिक समीक्षा गर्नु भएको हो । सो क्रममा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्न र कमजोरीबारे चर्चा भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार १४:४६