एनआरएनए बेल्जियममा बने २ हजार १६२ जना सदस्य, निर्वाचन जुलाई २६ मा हुने

बेल्जियम ।  गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियममा २ हजार १६२ जनाको सदस्यता प्रमाणीकरण भएको छ । संघको आगामी कार्यकालको लागी सदस्यताको अन्तिम नामावली टुंगो लगाइएको हो ।

एनआरएनए बेल्जियमका महासचिव तीर्थ राज धमालका अनुसार राष्ट्रीय महाधिवेशनका लागी २ हजार १६२ जना पञ्जीकृत सदस्यहरुको टुंगो लागेसँगै सो नामावली निर्वाचन समितिलाई बुझाइएको छ ।

सदस्यता बितरण तथा नविकरण समितीले बुझाएको सो नामावली संस्थाका अध्यक्ष चित्र सुवेदीले निर्वाचन समितीका संयोजक लोक प्रसाद दाहाललाई हस्तान्तरण गर्नु भएको हो । यो सँगै अब निर्वाचन समितिले आफ्ना क्रियाकलापहरु शुरु गर्नेछ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको राष्ट्रीय महाधिवेशन सम्बन्धी नियमावली २०२१ अनुरुप तोकिएको समयसिमा भित्र एमआइएस सिष्टममार्फत आवेदन दिएका पञ्जीकृत सदस्यहरुको आवेदन स्वीकृत गरिएको संघले जनाएको छ। एनआरएनए बेल्जियममा यही जुलाई १८ तारिखमा अधिवेशन हुँदैछ ।


प्रकाशित | १९ असार २०७८, शनिबार २१:२२