चलचित्र ‘यात्रा’ दर्शकले औधी रुचाए : जम्यो सलिन र मलिकाको जोडी

काठमाडौं: चलचित्र ‘यात्रा’ लाई दर्शकले औधी रुचाएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रा–अ म्युजिकल ब्लग’ लाई दर्शकले औधी रुचाएका हुन । ‘यात्रा’को बिशेष शोमा सलिनमानले निकै प्रशंसा पाउनुभयो । प्रिमियरमा चलचित्र हेरेका अधिकांश कलाकारले चलचित्रबारे राम्रो प्रतिकृया दिए ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताउनुभयो । त्यस्तै,सिताराम कट्टेल र कुञ्जना घिमिरे, रेखा थापा, सन्दीप क्षेत्री, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले चलचित्र राम्रो बनेको र मेरो हजुर २ मा आफुलाई निखार्न नसकेका सलीनको अभिनय उत्कृष्ट बनेको बताउनुभएको छ । रिलिजकै दिन शुक्रबार आयोजित विशेष शो मार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्मलाई दर्शकले पनि ’उत्कृष्ट’ को उपमा दिए ।

फिल्ममा भ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । फिल्मा डेब्यु गर्ल मलिका महत सलिनसँगै हुनुहुन्छ । यो जोडीलाई दर्शकले निकै माया गरेका छन् । फिल्ममा सलिनले पाँच पंक्षी समुह लिड गर्नुभएको छ । । फिल्ममा जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १५:५४