बुढानिलकण्ठमा जारी देउवा-प्रचण्ड भेटवार्ता सकियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । बुढानिलकण्ठमा भएको भेटवार्ता २० मिनेट कुराकानी गरेर सकिएको हो । छलफल सकेर प्रचण्ड देउवा निवासबाट निस्केका छन्। केहिबेरमा कांग्रेस पदाधिकारी बैठक पनि देउवा निवासमा बस्दैछ।

भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १६:१७