मलाई विजयी गराइदिनूस्, दोलखाको शीर उच्चो हुने गरि काम गर्नेछु: बालकृष्ण शिवाकोटी

दोलखा: दोलखाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू विजयी भएपछि दोलखाबासीको शीर उच्चो हुने गरि काम गर्ने बताउनु भएको छ ।

This image has an empty alt attribute; its file name is d-1024x576.jpg

गौरीशंकर गाउँपालिकाको जुगु डाडागाउँमा घरदैलो अभियानको क्रममा उम्मेदवार शिवाकोटीले दोलखाबासीका अधूरा सपना पूरा गर्दै समग्र विकासमा आफू लागिपर्ने बताउनु भयो ।

आफू इमानदारीपूर्वक जनताको सेवामा खटिने स्पष्ट पार्दै उहाँले विकासको लागि आफूलाई विजयी गराईदिन आग्रह गर्नु भयो । आफूले अनावश्यक आश्वासन नदिने र गर्न सक्ने कुरा मात्र गर्ने भन्दै जनताको निस्वार्थ सेवा गर्नकै लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 4-1024x576.jpg

दोलखामा विकासको लहर एमालेको पालामा आएको बताउँदै शिवाकोटीले भन्नु भयो, ‘तपाईको भोटको अमूल्य एमाले सरकारले तिर्छ । त्यसको एउटा पात्र म हुँ, त्यसैले अहिलेसम्मका अधुरो काम पूरा गर्नेछु ।’

This image has an empty alt attribute; its file name is 3-1024x683.jpg

चुनावी अभियानको क्रममा प्रदेश क का उम्मेदवार नरबहादुर श्रेष्ठले २०६२/६३ मा सहिद भएका नेताहरुको सपना पूरा गर्ने अठोट गर्नु भयो ।

उहाँले स्व रितबहादुर र कुलबहादुरको सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै भन्नु भयो, ‘मलाई प्रदेशमा जिताउनु भयो भने यो बाटोको स्तरोन्नति र जुँगु खोलामा पक्की पुल बनाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’


प्रकाशित | १६ कार्तिक २०७९, बुधबार १६:१९