यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ -हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभर आंशिक देखि सामान्य हुन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागमा चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी तिन दिनको मौसम


प्रकाशित | २० बैशाख २०८०, बुधबार ०६:३९