१३ औं सागको छैटौं दिन: नेपालको खातामा थप ५ स्वर्ण, नेपालले स्वर्ण संख्या ४१ पुर्‍यायो

काठमाडौं: १३ औं दक्षिण एशियाली खेलकुदको शुक्रबार छैटौं दिन । नेपालले थप ५ स्वर्ण पदक जितेको छ। नेपालले शुक्रबार गल्फमा २, एथ्लेटिक्समा एक, पौडीमा एक र भारोत्तलमा एक स्वर्ण पदक जित्यो। काठमाडौं, पोखरा र जनकपुरमा जारी प्रतियोगितामा बिहीबारसम्म ३६ स्वर्ण जितेको नेपालले शुक्रबार स्वर्ण पदक संख्या ४१ पुर्याएको छ। शुक्रबारसम्म कराँते, तेक्वान्दो, पौडी र भलिबलका खेल सकिएका छन्।

शुक्रबारसम्म १७९ स्वर्ण पदकको टुंगो लागेको छ। नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ काश्य पदकसहित ११ट पकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ। उता भारत शीर्ष स्थानमा यथावत रहेको छ। भारत ८१ स्वर्ण, ५९ रजत र २५ काश्यसहित १६५ पदकका साथ पदक तालिकाको शीर्ष स्थानमा छ।

तेस्रो स्थानमा रहेको श्रीलंकाले २३ स्वर्ण पदक जितेको छ। उसले ४२ रजत र ६९काश्यसहित १३४ पदक जितेको छ। चौथो स्थानमा रहेको पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ काश्यसहित ६३ पदक जितेको छ। पाँचौं स्थानमा रहेको बांगलादेशले ४ स्वर्ण, १८ रजत र ५१ काश्यसहित ७३ पदक जितेको छ।

यस्तै छैटौं स्थानको माल्दिभ्स १ स्वर्ण र २ काश्यसहित ३ पदक छ भने स्वर्ण जित्न नसकेको भुटानको खातामा हालसम्म ६ वटा काश्य पदक छ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार २०:५१