गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा )ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो । प्रदेशसभामा परेको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँको राजीनामा स्वीकृत समेत गर्नुभएको छ । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ )२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । धारा १६८ )२ ) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।


प्रकाशित | २६ बैशाख २०७८, आईतवार १७:३६