‘मारुनी’को फस्टलुक सार्वजनिक

काठमाडौँ : फिल्म ‘मारुनी’को फस्टलुक सार्वजनिक भएको छ । उक्त सार्वजनिक लुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । संजय लामाको छायांकन रहेको फिल्ममा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १९:३२