प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी गराउनुभयो ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने सङ्क्रमण नदेखिएको जनाइएको छ ।


प्रकाशित | २५ बैशाख २०७८, शनिबार २०:४५