इन्टरनेट सेवा प्रदायक संस्थाको सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं : टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई बिना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन। टेलिभिजन प्रशारक संस्थालाई बिना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायकले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूरसंचार प्राधिकरणको कार्यालयमा धर्ना दिए ।

इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले नियम, कानुन विपरीत संचार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नु परेको जानकारी दिनुभयो ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १७:०६