मन्त्रिपरिषद् बैठक सकियो : बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले जारी संसदको बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

आज ५ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । संघीय संसद्को बजेट अधिवेशन गत ३० वैशाखदेखि सुरु भएको थियो ।


प्रकाशित | १८ असार २०७७, बिहीबार १३:००