ग्यालसुम डो सेवा केन्द्र मनाङले गर्यो पहिलो पटक रक्तदान कार्यक्रम

काठमाडौं : ग्यालसुम डो सेवा केन्द्र मनाङको आयोजनामा काठमाडौंको स्वयंम्बुमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । तल्लो मनागंको तीन गाउँ मिलेर बनेको डो सेवा केन्द्रले पहिलो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ४४ जना रक्तदान गरेको संस्थाका अध्यक्ष प्रेम लाल लामाले जानकारी दिनुभयो ।  अध्यक्ष लामाले आगामी दिनमा वार्षिक दुई पटक रक्तदान कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमलाई ग्यालसुम आमा समूह अध्यक्ष माया गुरुङले सहयोग गर्नुभएको थियो ।


प्रकाशित | २३ कार्तिक २०७६, शनिबार २१:३४