विश्वभरि ११ सयभन्दा बढी गैर आवासीय नेपालीमा कोरोना संक्रमण, कुन देशमा कती ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले कोरोना भाइरसबाट विश्वभरि अहिलेसम्म २८ जना गैर आवासीय नेपालीको मृत्यु भएको जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले सार्वजनीक गरेको तथ्याकअनुसार हालसम्म कोरोना संक्रमणबाट बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्यान्डमा एकजनाको ज्यान गइसकेको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार एक सय ३५ जना गैर आवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

Image may contain: text

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरूको समूहले तयार पारेको सो तथ्यांकअनुसार नेपालसहित २१ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका मुलुकहरूमा अमेरिका (सात सय), बेलायत (दुई सय), युएई (७१), बहराइन (४९), आयरल्यान्ड (२२), पोर्चुगल (२२), कुवेत (२१), अष्ट्रेलिया (११), स्पेन (१०), स्विट्जरल्यान्ड (पाँच), बेल्जियम (चार), जर्मनी (चार), साउदी अरब (चार), क्यानाडा (३), मलेसिया (तीन), माल्टा (दुई), फ्रान्स (एक), जापान (एक), म्यानमार (एक), चीन–हङकङ (एक) रहेका छन् ।

समितिका अनुसार विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरू तथा स्थानीय संघ–संस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानी यो तथ्यांक तयार पारिएको हो ।


प्रकाशित | ७ बैशाख २०७७, आईतवार १५:३२