भारतमा एकैदिन चार लाख १४ हजार सङ्क्रमित, तीन हजार ९१५ को मृत्यु

काठमाडौं । भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार ५९८ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ९१५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने दुई लाख ३४ हजार ८३ जना पुगेको छ ।

भारतमा हालसम्म एक करोड ७६ लाख १२ हजार ३५१ जना सङ्क्रमित निको भएका छन् । हाल ३६ लाख ४५ हजार १६४ जना सङ्क्रमित सक्रिय छन् । निको हुने दर ८१.९५ प्रतिशतमा पुगेको छ । हाल १६.९६ प्रतिशतमा भाइरसको सङ्क्रमण सक्रिय छ ।

कोभिड १९ बिरुद्ध १६ करोड ४९ लाख ७३ हजार ५८ जनाले खोप लगाएका छन् । पछिल्लो चौबीस घण्टामा २३ लाख ७० हजार २९८ जना खोप लगाएका छन् । भारतको केरला, मध्य प्रदेश र राजस्थान हालका दिनमा सबैभन्दा प्रभाबित राज्य हुन् ।


प्रकाशित | २४ बैशाख २०७८, शुक्रबार १३:०३