प्रधानमन्त्री आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन सम्मेलनमा सम्बोधन गर्नुहुँदै

जेनेभा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्तासमेत गर्ने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली सोमबार नै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गर्नुभएको थियो ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ०८:३७