सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधबार समर्थन फिर्ताको पत्र ससद् सचिवालय मार्फत जानकारी गराइनेछ ।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार १७:४८