युएस ओपन – फेडेरर तेस्रो चरणमा

एजेन्सी :  रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । खेलमा उत्कृष्ट पुनरामगन गर्दै दामिर दजुमहुरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा हराउँदै फेडेररले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

विश्व वरियताको तेस्रो नम्बरमा रहेका फेडेररले पहिलो सेटमा १७ गल्ती गरेका थिए ।  तर पाँच पटकका च्याम्पियन फेडेररले पहिलो सेट गुमाएपनि खेलमा उत्कृष्ट पुनरागमन रच्दै ९९ औ वरियताका दजुमहुरलाई हराएका हुन् । ३८ औ वरियताका फेडेररले अब ब्रिटेनका डान इभान्स वा फ्रान्सका लुकास प्युईलेबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित | १२ भाद्र २०७६, बिहीबार ०८:२९