तीन नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौं: प्रदेश नम्बर तीनका मुख्य मन्त्री डोरमणि पौडेल अस्पताल भर्ना हुनुभएको छ । मुटुको नियमित परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना हुनुभएको हो । जाँचपछि चिकित्सकले मुख्यमन्त्री पौडेललाई एक हप्ता आराम गर्न भनेको सचिवालयले जनाएको छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार ०९:४३