अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले दाहाललाई २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो ।

तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर दाहालाइ नियुक्त गरिएको थियो । तर नेकपा विभाजन भएर एमाले र माओवादी बनेसँगै वर्तमान ओली सरकारले माओवादी कोटाबाट नियुक्त गरिएका दाहाललाई फीर्ता बोलाएको हो ।

त्यस्तै, जापानस्थित राजदूत प्रतिभा राणा र ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको भने म्याद थप गरिएको छ ।


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार १४:०८