समाजसेवी बालकृष्ण शिवाकोटी नेकपाको केन्द्रीय सदस्यमा चयन

काठमाडौं । दोलखा कालिञ्चोक गाउँपालीका -८ सुनखानी निवासी बालकृष्ण शिवाकोटी नेपाल कम्युनिष्ठ पार्टीको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको निकट मानीनु हुने समाजसेवी तथा ब्यवसायी शिवाकोटी पार्टीको केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।

लगानी बोर्डको सदस्य, मेघा बैंकको डाईरेक्टर,कालिञ्चोक दर्शन लि.(केवलकार) को अध्यक्षका साथै दर्जनौ ब्यवसाय सञ्चालन गर्दै आउनुभएको उद्योगपती शिवाकोटी इमानदार ब्यक्तीत्वको रुपमा समेत परिचित हुनुहुन्छ । दोलखामा पार्टीगत रुपमा शिवोकोटीको बलियो प्रभाव छ ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार २०:०९