भाग्यमानी हिमाल गुरुङ

जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र कडा परिश्रम सँगै कुनै बेला भाग्यको पनि त खेल होला नी । हो, मेहनत नै नगरी भाग्य खोज्ने भन्दा नी मेहनत र परिश्रमसँगै भाग्यले साथ दिदाँ जीवनका हरेक पाटाहरुमा सफलता मिल्ने रहेछ भन्ने उदाहरणीय ब्यक्तीत्व हुनुहुन्छ हिमाल गुरुङ । हिमालहरुको काखमा जन्मिएर हिमाल जस्तै सुन्दर ब्यक्तीत्व बनाउन सफल अर्को नाम पनि हो हिमाल गुरुङ ।
नेपालकै महत्वपूर्ण पर्यटकीय नगरी पोखराको लेखनाथ रिठेपानीमा आजभन्दा ३७ वर्ष अघि हिमाल गुरुङको जन्म भयो । आमा रामकुमारी गुरुङ र बुबा नीलप्रसाद गुरुङको दुई छोरामध्ये कान्छो छोराको रुपमा वि.सं २०४० सालमा उहाँको जन्म भएको हो । हिमालको पारिवारीक अवस्था मध्यम थियो । बुबा आर्मी हुनुहुन्थ्यो । बाल्यकाल सुखसयलमै बित्यो ।

कास्कीकै लेखनाथ विद्यालयमा हिमालकोे जिवन अघि बढ्यो । हिमालको समाजका लागि केही गर्नुपर्छ भन्ने भाव बाल्यवस्था देखि नै थियो । बाल्यवस्थामा विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुनुहुन्थ्यो । पढाइमा मध्यम तर गणित विषयमा ट्यालेन्ट हुनुहुन्थयो । त्यस्तै, खेलकुदप्रति उहाँको विशेष लगाव थियो । खेलकुदमा पनि फुटबलप्रति उहाँको निकै नै रुचि थियो । विद्यालय जिवनमा उहाँले विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाई पुरस्कार समेत हात पार्नु भयो । पढाई अनि खेलकुदलाई संगै लिएर अघि बढ्नु भएका हिमालले लेखनाथ विद्यालयबाट नै एसएलसी उतीर्ण गर्नु भयो ।

उहाँको विद्यालय जिवन सकिएसँगै नेपालमा भर्खरै बलिङ खेल सुरु भएको थियो । विभिन्न ठाउँमा बलिङ प्रतियोगिताको आयोजना हुन थालेको थियो । सन् २००५ मा आयोजना गरिएको देशब्यापी प्रतियोगितामा उहाँले प्रथम स्थान हात पार्न सफल हुनु भएको थियो । एसएलसी पश्चात पनि उहाँको खेलकुदमा विशेष लगावनै थियो । विभिन्न प्रतियोगिताहरुमा भाग लिने क्रम जारी नै रह्यो । खेलकुद नशा नशामा थियो । त्यसैले त उहाँ खेलकुदका लागि कहिले काठमाडौँ त कहिले अन्य ठाउँमा पुग्ने गर्नु हुन्थ्यो ।

एनआरएन अभियानमा भाग्यमानी हिमाल गुरुङले अहिलेसम्म चालेको कदम र चाहेको काममा पछाडि फर्कनु परेको छैन । उहाँलाई एनआरएन अभियानमा लागिरहदा निकै नै सन्तुष्टि मिलेको छ । एनआरएनले धेरै कुरा सिकाएको र अझै धेरै कुरा सिक्न बाँकि रहेको हिमाल बताउनुहुन्छ ।

उहाँको कलेज जिवन पनि पोखरामै अघि बढ्यो । उहाँले पोखराकै जनप्रिय कलेजमा अध्ययन गर्नुभयो । कलेज पढिरहँदा हिमाल कहिले काठमाडौं त कहिले पोखरा गर्न थाल्नु भयो । नभन्दै उहाँले कलेज जीवन पनि सकाउनुभयो । अब भने केही गर्नु पर्छ भन्ने भावना उहाँमा पलाउन सुरु भइसकेको थियो । जिवनमा नयाँ मोड ल्याउने आशामा उहाँ सन् २००३ मा काठमाडौं जानुभयो । तथापी जीवन दुविधामा नै अघि बढिरहेको थियो । एकातीर गुरुङको छोरो, परिवार अनि आफन्तजनमा ब्रिटिस आर्मीको चाहना । अर्कोतिर, उहाँ अरु नै केही बन्न खोजीरहनु भएको थियो । हुन त उहाँ हुर्कीएको माहोल नै आर्मी परिवारको थियो । भविष्य पनि सुरक्षीत थियो । तर आफ्नो दाजुले अथक मेहनतका बाबजुत पनि आर्मी बन्न नसकेको देख्दा आर्मीको चाहना हराउदै गएको हिमाल सम्झनु हुन्छ । तथापी स्वदेशमा बस्ने वातावरण पनि त थिएन । अस्थिर राजनीतिक अवस्था, अवसरको कमीले गर्दा अवसरको खोजीमा हिमाल अन्ततः विदेश प्रस्थान गर्नु भयो ।

सन् २००७ मा उहाँ नेदरल्याण्ड प्रस्थान गर्नु भयो । विदेशका सुरुवाती दिनहरुमा निकै नै संघर्ष भयो । विदेशमा कलेज पढ्दै काम गर्दै फि तथा ऋण तिर्नुपर्ने बाध्यता थियो । त्यो सबैलाई सन्तुलन गर्न निकै नै कठिन थियो । अर्कोतर्फ कानुनी हिसाबले नेदरल्याण्डमा बस्न नै समस्या थियो । विभिन्न कानुनी उल्झनहरु थिए । तीनै कानुनी उल्झनका कारण हिमालले कति स्थानहरुमा काम गरेको पैसा समेत पाउनु भएन । जिवन दुःख नै दुःखको भूमरीमा अल्झिइरहेको थियो । त्यहाँबाट निकास पाउन निकै कठिन थियो । ती संघर्षका दिनहरु सम्झिदा अहिले पनि हिमाल गुरुङ भावुक बन्नुहुन्छ तर जिवन नै संषर्ष हो भन्ने मूल मन्त्र लिएर उहाँ अघि बढ्नु भयो । लामो संघर्ष पश्चात उहाँको जिवन विस्तारै सहज हुदैं जान थाल्यो । विभिन्न अवरोधहरु पार गरेर यतिबेला भने उहाँ सफलता तर्फ अघि लम्किरहनु भएको छ । यतीबेला उहाँले ग्रोसरी, सुपरमार्केट, रेष्टुरेन्टजस्ता व्यवसायहरु संचालनमा ल्याउनुभएको छ । श्रीमती र छोरीसँग उहाँको जीवन अघि बढिरहेको छ ।

विदेशमा रहदा उहाँ विभिन्न सामाजीक कार्यहरुमा सक्रियता जनाउनु हुन्थ्यो । कुनै पार्टीको आडमा नरही निश्वार्थ रुपमा सेवा गर्नुपर्छ भन्ने उहाँमा भावना थियो । सोही अनुरुप नेपाली समुदायमा आफुले सकेको सहयोग गर्न थाल्नुभयो । नेदरल्याण्डमा पनि गैर आवासीय नेपाली अभियान चलिरहेको थियो, जतिबेला उहाँ एनआरएनए अभियानमा पनि सक्दो सहयोग गर्नुहुन्थ्यो । उहाँको निश्वार्थपनको कदर गर्दै सन् २०११ मा एनआरएन नेदरल्याण्डको कार्यसमिति सदस्यमा हिमाल गुरुङलाई मनोनित गरियो । आफनो इमान्दारीता र निस्वार्थ हिसाले गरिएको सामाजीक सेवाको कदर हुन थालेपछि हिमालमा सामाजिक सक्रियता झनै बढ्न थाल्यो । लगतै सन् २०१३ मा उहाँलाई पुनः सम्मानका साथ एनआरएन नेदरल्याण्डको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मनोनित गरियो । त्यसपश्चात विश्वका विभिन्न कार्यक्रमहरुमा उहाँले सहभागिता जनाउन थाल्नु भयो । अझ भनौ उहाँको सामाजिक सक्रियता तिब्र वेगमा अगाडि बढ्यो । विभिन्न चरण पार गर्दै उहाँ सन् २०१५ मा पुनः एनआरएन नेदरल्याण्डको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भयो । विगतमा चुनावताका विभिन्न विवादहरु हुने गरेको भए पनि आफ्नो कार्यकालमा शान्त रुपमा सर्वसम्मत हुनु आफैमा ऐतिहासिक क्षण रहेको उहाँ सम्झनुहुन्छ । एनआरएनए नेदरल्याण्डको अध्यक्ष भएपछि उहाँको सक्रियता यति बढ्यो कि उहाँमा छुट्टैै किसिमको ऊर्जा पलाउन थाल्यो । उहाँले आफनो कार्यकालमा सबैको मन जित्न पनि सफल हुनुभयो । केहि उदाहरणीय र महत्वपूर्ण योगदान पनि गर्नुभयो ।

त्यसपछि सन् २०१९ को विश्व सम्मेलनबाट गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा राम्रो मत पाएर विजयी हुनुभयो । उहाँ हाल विश्वभरिका युवाहरुको प्रतिनिधित्व गर्दै युवा संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । युवा संयोजकको जिम्मेवारी लिएसँगै संघलाई ब्यवस्थित बनाउन क्रियाशिल हुनुहुन्छ । विशेषगरी दोस्रो पुस्तालाई लक्षित गर्दै एनआरएनसँग जोड्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ । चुनावताका अघि सारेका योजनाहरुले यतीबेला सार्थकता पाउदै गएका छन् । योजनाहरु सफल बनाउन उहाँ आफै विभिन्न कार्यक्रमहरुमा गएर सहभागिता जनाइरहनु भएको छ । तथापी उद्यमशिलता, खेलकुद लगायतका क्षेत्रमा अघि सारेका योजनाहरु कोभिडका कारण सोचेअनुरुप अघि बढ्न सकेनन् । ग्लोबल युथका धेरै कार्यहरु अझै गर्न बाँकी नै छ । तथापी बाँकी रहेका कार्यहरुलाई अब अघि बढाउने उहाँको योजना छ ।

जिवनमा सफलताको खुड्किलाहरु चढ्दै गर्दा हिमाल आफ्ना बुबा आमाले आफुलाई विश्वास गरेकै कारण यहाँसम्म आइपुगेको बताउनुहसन्छ । भन्नुहुन्छ, ‘बुबा आमाले विश्वास नगर्नु भएको भए यो मोडसम्म आइपुग्न सम्भव थिएन ।’ बुबा आमाको सकारात्मकताले नै आफुलाई सफल बनाउन उर्जा दिएको उहाँ सम्झनुहुन्छ ।

एनआरएन अभियानमा भाग्यमानी हिमाल गुरुङले अहिलेसम्म चालेको कदम र चाहेको काममा पछाडि फर्कनु परेको छैन । उहाँलाई एनआरएन अभियानमा लागिरहदा निकै नै सन्तुष्टि मिलेको छ । एनआरएनले धेरै कुरा सिकाएको र अझै धेरै कुरा सिक्न बाँकि रहेको हिमाल बताउनुहुन्छ । ‘संस्थामा धेरै कुराहरु आलोचना पनि हुन्छ तर आलोचना सहन पनि सक्नुपर्ने रहेछ’, हिमाल भन्नुहुन्छ । राम्रा कामहरुको राम्रो मूल्याकंन हुँदा काम गर्ने जोश बढ्ने उहाँ बताउनुहुन्छ । देखाउनलाई भन्दा पनि आत्मसन्तुष्टिका लागि काम गर्नुपर्छ भन्ने उहाँको धारणा रहेको छ ।

जिवनमा सफलताको खुड्किलाहरु चढ्दै गर्दा हिमाल आफ्ना बुबा आमाले आफुलाई विश्वास गरेकै कारण यहाँसम्म आइपुगेको बताउनुहुन्छ । भन्नुहुन्छ, ‘बुबा आमाले विश्वास नगर्नु भएको भए यो मोडसम्म आइपुग्न सम्भव थिएन ।’ बुबा आमाको सकारात्मकताले नै आफुलाई सफल बनाउन उर्जा दिएको उहाँ सम्झनुहुन्छ । हिमाल एनआरएनमा भलाद्मी तथा इमान्दार ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ । पछिल्लो समय एकपछि अर्को सफलताको स्वाद चाख्न सफल हिमाल गुरुङको जिवन कथाले धैर्य गर्न सिकाएको छ । त्यसैले त धैर्य गर्दै गरौ, के थाहा तपाईको सफलता तपाईको अगाडि नै पो छ की !


प्रकाशित | १३ बैशाख २०७८, सोमबार १३:०९