एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच अध्यक्षत्रय कुल आचार्य, रविना थापा डा. बद्री केसीसहितका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन ।

नेपाल आउन नसक्नु भएका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिनु भएको थियो । गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत एक सयभन्दा बढी पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो। तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनु भएको थियो । कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव गौरी राज जोशीले गर्नु भएको थियो ।

यी  हुन्  नवनिर्वाचित पदाधिकारी

अध्यक्षमा कुल आचार्य, रविना थापा र डा.बद्री केसी निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा। विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन हुनुभएको छ।

यस्तै महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन हुनुभयो ।

कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्र पन्त, सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन हुनुभयो । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुनुभएको छ ।

यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन हुनुभयो । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन हुनुभएको छ ।

महाधिवेशनले ६ क्षेत्रका क्षेत्रीय समितिहरु पनि सर्वसम्मतिमा चयन गरेको छ । जसअनुसार मध्यपुर्व क्षेत्रका लागि संयोजकमा मनोज कुमार श्रेष्ठ ’गोर्खाली’, राजेन्द्र अर्याल ‘जोन’ र क्षेत्रीय उपसंयोजकमा राजु शर्मा, अमित चाम्लिङ, लाल बहादुर पुन र केबी हमाल रहनु भएको छ ।

त्यस्तैगरि, महिला संयोजकमा सरिता भण्डारी, संगिता कार्की रहेका छन् भने महिला सह संयोजकमा बन्दना सापकोटा शर्मा र सानोबेर जहान निर्वाचित हुनु भएको छ ।

यसैगरि मध्यपुर्व युवा संयोजकमा सुभाश केसी ,बालकृष्ण मरासिनी र युवा सहसंयोजकमा विजय धामी, मिनराज वाग्ले रहनु भएको छ।

एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय संयोजकमा पारसमणि पोखरेल, डिपी कँडेल र सह संयोजकमा हरि भट्टराई, दिपक कँडेल, नविन बिके, दधिवाल खडका र युवराज न्यौपाने रहनु भएको छ ।

महिला संयोजकमा शान्ति अधिकारी र महिला उपसंयोजकमा ईन्दिरा तिवारी रहनु भएको छ भने युवा संयोजकमा सुरेश गिरी र युवा उपसंयोजक रन्जनराज कुवर सर्वसम्मत हुनु भएको छ ।

त्यस्तै युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा चिन्तामणी सापकोटा, सन्तोश भट्टराई र उपसंयोजकमा तिलक गैरे, चित्र सुवेदी, दयानिधि सापकोटा, ललित न्यौपाने, डा.नवराज रोस्यारा, सागर लामा र सागर सुवेदी रहनु भएको छ ।

यस्तै महिला संयोजकमा वर्षा खड्का, पार्वती मल्ल र महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा रहनु भएको छ । युवा संयोजकमा रमेश काफ्ले, किरण गुरुङ र युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक न्यौपाने रहनु भएको छ ।

अमेरिका क्षेत्रीय संयोजकमा राम सि पोखरेल र प्रकाश सापकोटा , सह संयोजकमा अभिमन्यु बस्नेत, तुला भट्टचन, पुरुसोत्तम बोहोरा, राम कुमार सुबेदी र पशुपती पाण्डे निर्वाचित हुनु भएको छ । यसैगरि महिला संयोजक बन्दना कोइराला, तृष्णा शर्मा र महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी रहनु भएको छ । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली रहनु भएको छ भने युवा उपसंयोजकमा ईश्वर खत्री चुनीनु भएको छ ।

त्यसैगरि अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा रहनु भएको छ भने उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त रहनु भएको छ ।

महिला संयोजकमा केसना लिम्बु , डा. सरिता र महिला उपसंयोजकमा खुस्बु घिमिरे रहेकी छन । यस्तै युवा संयोजकमा सागर उप्रेती चयन हुनु भएको छ ।

यसैगरि, ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा रहेका छन भने क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा रहनु भएको छ ।

महिला संयोजकमा उषाकिरण बानिया, युवा संयोजकमा प्रदिप रुपाखेती र युवा सहसंयोजकमा आर्सद अहमद रहनु भएको छ ।

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २, उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह(कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार महिला संयोजक २, युवा संयोजक २, क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ । क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ । संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको गरिएको छ ।


प्रकाशित | १४ चैत्र २०७८, सोमबार २२:५७