भूकम्पले सर्वसाधारण घर बाहिर निस्किए : भूकम्पले २०७२ सालको पूर्व सूचना दिएको भन्दै क्रास

काठमाडौं : बिहानै लगातार दुई पराकम्पन गरेपछि सर्वसाधारणमा क्रास उत्पन्न भएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएपछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् । फेरि अर्को झड्का महशुस भएको छ । ६: ३० मा पहिलो कम्पन गएपछि ६ : ४१ मा फेरि अर्को कम्पन गएको छ । दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किएका छन् भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक जान थालेका छन् ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०७:००