ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने

एजेन्सी: यसै बर्ष आयोजना हुने तय भएको टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुन सक्ने बताईएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने धारणा राखेका हुन् ।

ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको सो भनाई बाहिर आएको हो ।

अष्ट्रेलिया र क्यानाडाले यसअघिनै टोकियो ओलम्पिकमा आफुहरु सहभागी हुन नसक्ने बताईसकेका छन् ।

‘प्राप्त सूचनाका आधारमा स्थगितको निर्णय भएको छ ।’ उनले भनेका छन्, ‘अगाडी बढ्ने सिमाहरु निर्धारण भएका छैनन् । तर जुलाई २४ मा खेलहरु सुरु हुन गईरहेका छैनन । जुन मलाई थाहा छ ।’

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले प्रतियोगिताको बिषयमा निर्णय गर्न चार हप्ताको समय माग गरेको छ । तर आईओसीका भेट्रान सदस्य पाउण्डले निर्णय चाँडै सार्वजनीक हुने बताएका छन् ।

‘यो आउने क्रममा रहेको छ ।’ उनले भनेका छन् । ‘हामी यसलाई स्थगित गर्नेछौ । र यसलाई सार्र्न सबै अवरोधहरुसंग सम्झौता गर्नेछौ । जुन ठुलो छ ।’ उनले थपेका छन् । क्यानडा र अष्ट्रेलियाले यसअघिनै समरमा हुने टोकियो ओलम्पिकमा आफु सहभागी नहुने प्रष्ट पारिसकेका छन् ।


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार १०:५८