बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल ठगिनुभो, अपराधी हुनुहुन्न् : मन्त्री बास्कोटा

काठमाडौं : सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा खरिदमा नेकपाका महासचिव विष्णु पौडेल ठडिएको बताउनुभएको छ । मन्त्री बास्कोटाले सञ्चारमन्त्रलयमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा बालुवाटारको सार्वजनिक जग्गा व्यत्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कावाही गरिने बताउनुभयो । मन्त्री बास्कोटाले भन्नुभयो, उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित रहेको देखिन्छ । ’

मन्त्री बास्कोटाले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएर अध्ययन गरिरहेको बताउनुभयो । उहाँले सत्यतथ्य पत्ता लगाएर सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले कसैलाई नछाड्ने समेत बताउनुभयो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १७:१०