सलमानको ‘राधे’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय सिनेमा ‘राधे : योर मोस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमालाई सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो । सिनेमालाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

सिनेमामा सलमान सी बि आइ पुलिस अफिसर भूमिकामा देखिएका छन् । इदको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एक साथ रिलिज हुँदै छ । खानको अलावा सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारको अभिनय रहेको छ ।


प्रकाशित | १० बैशाख २०७८, शुक्रबार ०७:५८