कुमारी बैंक र ह्याम्सबीच सम्झौता

काठमाडौं: कुमारी बैंक र हस्पिटल फोर अड्भान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स्) बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्सका अध्यक्ष आरएस भण्डारीको हस्ताक्षर भएको हो । सम्झौतापत्रअनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ९३ शाखा सञ्जाल, ८७ एटीएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू प्रदान गर्दै आएको पनि बैंकले जनाएको छ ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार १५:३५