भक्तपुर : सूर्यविनायक नगरपालिकामा खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकले नियुक्तिपत्र लिएका छन् । नगरपालिकामा आइतबार एक कार्यक्रमकाबीच प्रधानाध्यपकहरुले नियुक्तिपत्र लिएका हुन ।

नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, शिक्षा शाखा प्रमुख रत्न बहादुर कटुवाललगायत वडाध्यक्षहरु तथा जनप्रतिनिधिको सहभागितामा नियुक्तिपत्र बुझाइएको हो ।


नगरपालिकाले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक बिद्यालयका प्रधानाध्यापकलाई नियुक्त गरि आइतबार आजसम्म सम्म नियुक्ति पत्र बुझीलिन परिपत्र गरेको थियो ।

नगरपालिकाले नेपालमै पहिलो पटक कार्याविधी बनाएर सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट १५ वटा आधारभूत तह, ४ वटा निम्न माध्यामीक तह र १० वटा माध्यमीक विद्यालय गरि २९ वटा विद्यालयमा खुल्ला प्रतीस्पर्धाबाट नियुक्त भएका प्रधानाध्यापकलाई नियुक्तिपत्र प्रदान गरेको हो ।


नगरपालिकाले प्रधानाध्यापक नियुक्तीका लागि कार्यबिधी बनाएर प्रा. डा मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत, प्रा डा. सुशन आचार्य, प्रा डा.प्रमिला राजभण्डारी, डा. बिष्णु कार्कीसहितको विज्ञ कमिटि गठन गरेको थियो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यका साथ खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि अहिले सूर्यविनायकको सबैतीरबाट स्वागत तथा प्रशंसा भइरहेको छ भने अन्य स्थानीय तहमा पनि यो अम्यासको बारेमा बहस शुरु भएको छ ।





















यी हुन नवनियुक्त प्रधानाध्यापकहरु



प्रकाशित | १७ बैशाख २०८०, आईतवार २२:२०