कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ आज

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिनु भएको थियो । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उहाँ भने मन्त्री बन्नु भएको छैन ।


प्रकाशित | ५ बैशाख २०७८, आईतवार ०८:५९