स्थानीय तह निर्वाचन: देशभर १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी दर्ता

काठमाडौ : स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म १ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति ११ बजे सम्म देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

आयोगका अनुसार दर्तामध्ये नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उता वडा अध्यक्षमा २५ हजार ६४ जना, दलित महिला सदस्यमा १७ हजार ४ सय ६७ र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको हो । देशभर रहेका ७५३ पालिका गरि ३५ हजार २२१ जनाको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । 


प्रकाशित | १२ बैशाख २०७९, सोमबार २३:४५