कस्तो रह्यो एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ नेतृत्वको दुई वर्षे कार्यकाल ?

स्वीडेन : गैर आवासीय नेपाली संघ स्वीडेनको चौथौ अधिवेशन यही १७ अगस्टमा हुन गइरहेको छ । २०१७- २०१९ कार्यकालको लागि २०१७ अगष्टमा सम्पन्न तेश्रो महाधिवेशनबाट अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ निर्वाचीत हुनुभएको थियो । दुई वर्ष कार्यकालमा स्वीडेनमा के कस्ता कार्य भए ? कार्यप्रगती कस्तो रह्यो ? श्रेष्ठ नेतृत्वमा अगष्ट २०१७ देखि जुलाई २०१९ सम्म भएका महत्वपूर्ण गतिविधि एनआरएन यूरोप क्षेत्रीय बैठकमा प्रस्तुत गरिएको थियो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्यप्रगती जस्ताको तस्तै:-

गैर-आवासीय नेपाली संघ, स्वीडेनको  २०१७-२०१९ को प्रगति विवरण : 

२०१७ अगष्टमा सम्पन्न तेश्रो महाधिवेशनबाट अध्यक्ष अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।  अगष्ट २०१७ देखि जुलाई २०१९ सम्म एन आर एन ए, स्वीडेनले गरेको कार्यहरुको विवरण यस प्रकार रहेको छ ।

१) १९ अगष्ट २०१७ मा महाधिबेशकै दिन उषा गौतमको संयोजकत्वमा ३ सदस्यीय महिला फोरम गठन गरिएको

२) सोहि दिन बसेको पहिलो कार्य समितिको बैठकले
नेपालको तराईमा गएको बाढी पिडितहरुलाई राहत स्वरुप २ लाख नेपाली रुपिया आई सी सी को च्यारिटी फण्डमा पठाइएको ।

३) २६ अगष्ट २०१७ का दिन महिला दिदि बहिनिहरुको महान पर्ब हरितालिका तीजमा स्वीडेनबासि महिला दिदि बहिनिहरुलाई निशुल्क दर खुवाई तीज मनाएको ।

४) ३० अगष्ट २०१७ मा स्वीडेनमा रहनु भएका नेपालीहरुको राहदानी तथा आवश्यक कागजात हरुको समस्या समाधानको लागि स्वीडेनबाट अध्यक्ष अर्जुन श्रेष्ठ स्वयं नेपाली राजदुताबास डेनमार्कमा गई राजदुत तथा प्रथम सचिबहरु समक्ष समस्या समाधानको लागि सुझाब र गुनासोहरु राखेको ।

५) १६ सेप्टेम्बर २०१७ का दिन आई सीसी युवा उप-संयोजक लोकराज शर्माको प्रमुख आतिथ्यतामा स्वीडेनमा पहिलो पटक युवा फोरम गठन गरिएको र सोहि दिन चाइल्ड टु चाइल्डको अबधारणा ल्याइएको र भेलाले सर्ब सम्म पास गरेको ।

६) १४-१७ अक्टोबर २०१७ मा काठमाण्डौमा सम्पन्न अन्तराष्ट्रिय ग्लोबल सम्मेलनमा संघको अध्यक्ष, आई सी सी सदस्य, महिला संयोजक र निबर्तमान आई सी सी सदस्य कृष्ण कुमार ढकालको सहभागिता रहेको ।

७) १९ अक्टोबर २०१७ मा मोदी बेनी बृदाश्रम बाग्लुङ्ग पर्बत मोदि बेनी घाटमा अबस्थित बृदाश्रमलाई स्वीडेन बासि नेपाली र बिदेशी हरुबाट संकलित सहयोग रकम २५७००० रुपियाँ एक समारोहका बिच नेपालमा अध्यक्ष अर्जुन कुमार श्रेष्ठबाट हस्तान्तरण गरिएको ।

८) २२ अक्टोबर २०१७ का दिन पच्चिम रोल्पाको जिनावाङ्ग घोप्टेओडारमा अबस्थित सिद्धार्थ माबि मा २ कोठे पक्कि भवन निर्माण सम्पन्न गरिएको,
प्रमुख अतिथि आइसीसी कुमार पन्त, आइसीसी सह कोषाध्यक्ष सोम सापकोटा, स्वीडेनका आइसीसी सदस्य प्रवेश कुँवर तथा अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बिद्यालय उद्घाटन गरि हस्तान्तरण गरिएको ।
२२ अक्टोबर सोहि दिन बिद्यालयमा अध्ययनरत द्वन्दपिडित, अपाङ्ग, टुहुरा, असहाय तथा जेहेन्दार बिद्यार्थी ५३ जनालाई पढ़ाउनको लागि चाइल्ड टु चाइल्ड सम्झौता गरिएको ।

९) १ डिसेम्बर २०१७ मा चाइल्ड टु चाइल्ड को लागि ५३ जना स्वीडेनका बाल बालिका हरुबाट सहयोग गरिएको रकम १५९०० क्रोनोर १८७००० नेपाली रुपैयाँ पठाएको ।

१०) १७ फेब्रुवरीका २०१८ का दिन दिन फिनल्याण्ड एन सी सी ले आयोजना गरेको तेश्रो नर्डिक भेलामा स्वीडेनबाट सहभागि जनाई नर्डिक देशहरुको साझा समस्या र चुनौतीको बारेमा बहस गरिएको ।

११) २१ फेब्रुवरी २०१८ का दिन नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिब इश्वरी प्रसाद अर्यालको नेतृत्वमा आएको टोलि सँग एन सी सी स्वीडेनले नेपालको वर्तमान समसायमिक बिषयमा एक अन्तरक्रिया कार्यक्रम गरेको ।

१२) १४ अप्रिल २०१८ का दिन राष्ट्रिय कलाकार कृष्ण काफ्ले सहित तुलसी सिवाकोटी, बिनिता लामिछानेलाई आमन्त्रण गरी नेपाली नयाँ बर्ष धुमधाम सँग मनाएको, जसले नेपाली चाड पर्ब र रितिरिवाजलाई बिदेशी भूमिमा बसेर पनि निरन्तरता र प्रबर्धन गरेको ।

१३) २८ अप्रिल २०१८ का दिन बुद्ध जयन्तिको अवसर पारेर दिप प्रज्वलन र गौतम बुद्धको बारेमा प्ले कार्ड बोकी प्रचार प्रसार गरिएको र एन टि भि मेरो संदेशका कार्यक्रम संचालक लक्ष्मण हुमागाईको प्रत्यक्ष उपस्थितिमा स्वीडेनबासी नेपालीहरुको संदेश मेरो संदेश कार्यक्रममा प्रसारण गर्न रेकर्ड गरिएको ।

१४) ६ जुनमा स्वीडेनको राष्ट्रिय दिवशको अबसर पारेर Skarpnäck Kulturhuset ले आयोजना गरेको कार्यक्रममा स्वीडेन एन सी सी बाट सहभागिता र नेपालको कला संस्कृति, रिति रिवाजको र भेषभुषाको प्रदर्शन ( यसले नेपालको टुरिजम प्रमोटको लागि पनि महत्वपूर्ण भूमिका खेलेको ) र उत्कृष्ट प्रदर्शनी स्वरुप ३००० क्रोनोर प्राप्त भएको ।

१५) ९ जुन २०१८ का दिन स्वीडेनमा रहेका दोश्रो पुस्ताका नेपालीहरुका बाल बालिकाहरुलाई लक्षित गरी ज्ञानमुलक हाजिरी जवाफ प्रतियोगिता गरिएको ।

१६) २३ जुनमा स्वीडेनबासि नेपालीहरु बिच भेटघाट र आत्मियता बढाउनको लागि समर ग्रिल पार्टीको आयोजना गरिएको ।

१७) १ जुलाई २०१८ मा चाइल्ड टु चाइल्ड को लागि ५३ जना स्वीडेनका बाल बालिका हरुबाट संकलित दोश्रो किस्ताको सहयोग रकम १५९०० सेक १९०१९५ नेपाली रुपिया पठाईएको ।

१८) १४ जुलाई २०१८ का दिन एन सी सी स्वीडेनको महिला फोरमले आई सी सी महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा बृहत अन्तरक्रिया तथा महिला कार्यक्रम सम्पन्न गरेको र सोहि भेलाले एक जना महिला दिदि बहिनिलाई सिलाइ बुनाई तालिमको लागि पठाउने निर्णय गरेको ।

१९) ११ औ युरोपियन मिटिङ्गको लागि स्वीडेन एन सी सी बाट ५०० यूरो सहयोग गरिएको र स्वीडेनबाट अध्यक्ष, महासचिब लगायत साथीहरु सहभागि भएको

२०) चर्चित नेपाली पप गायिका नलिना चित्रकार का साथ ८ सेप्टेम्बर २०१९ को दिन सम्पन्न भएको हरितालिका तीज कार्यक्रम जुन च्यारिटी कार्यक्रम पनि थियो २६७६६ क्रोनोर संकलन भएको थियो ।

२१) १४ सेप्टेम्बर २०१८ मा डेनमार्क स्थित नेपाली दुताबासका महामहिम राजदुत युबनाथ लम्साल र प्रथम सचिब डोरमणि आचार्य सँग स्टकहोल्ममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको ।

२२) २२ सेप्टेम्बर २०१८ मा प्रमुख अतिथि एन आर एन आई सी सी का सचिब जानकी गुरुङ को उपस्थितिमा साधारण सभा सम्पन गरेको ।

२३) visit नेपाल 20/20 लाई लक्षित गरि Tourisum pramot को लागि Run For Nepal नामक च्यारिटी गरिएको र सो प्रोग्राम बाट ५१३६ क्रोनोर संकलन भएको  थियो । ।

२४) रुकुमको बाफिकोटमा एन आर एन ए स्वीडेनको सहयोगमा निर्मित स्वास्थ्य प्रयोगशाला भवनको एन आर एन स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको प्रत्यक्ष उपस्थितमा २१ फेब्रुवरी २०१९ का दिन शिलान्यास भएको र कुल लागत २९ लाख मध्य १० लाख रहेको जानकारी गराउन चाहान्छु ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १७:४३