एयरपोर्टमा गैर आवासीय नेपालीमाथि भएको दुर्व्यवहारको भत्र्सना, घटनाको छानविन गर्न माग

टेक्सस – नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा गैर आवासीय नेपालीहरुलाई दुर्व्यवहार गर्ने अध्यागमनका कर्मचारीहरु माथि तत्काल छानविन गरी कडा कारवाही गर्न माग गरिएको छ । गैर आवासीय नेपाली संघका अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले एक बिज्ञप्ति जारी गर्दै दुब्र्यहार गर्ने कर्मचारीलाई तत्कालन कारवाही गर्न माग गर्नु भएको हो ।

गैर आवासीय नेपाली संघ अमेरिकाका सल्लाहकार डा. दामोदर पौडेल र उहाँको पत्नीलाई त्रिभुवन विमानास्थल अध्यागमनका कर्मचारीले विनाकारण दुख दिई दुर्व्यवहार गरेको जारी बिज्ञप्तिमा उल्लेख छ । त्रिपाठीले सो घटनाको तत्काल छानविन गर्न माग गर्नु भएको छ ।

असोज २७ गते विहान ९ बजेको समयमा कतार एयरबाट उत्रेर अध्यागमनको प्रक्रिया पूरा गर्ने क्रममा डा. पौडेल र उहाँको पत्नीलाई कागजात नपुगेको भन्दै विनाकारण घण्टाभन्दा बढी समय अल्झाएर राखिएको थियो ।

त्रिपाठीले संयुक्त राज्य अमेरिका र अन्य मुलुकहरुबाट चाडवाड र काम विशेषले नेपाल जाने गैर आवासीय नेपालीहरुमाथि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमनका कर्मचारीबाट दुर्व्यवहार भएका घटनाहरु सार्वजानिक भएको भन्दै त्यस्तो कार्यको भत्र्सना गर्नु भएको हो ।

विज्ञप्तिमा त्रिपाठीले भन्नु भएको छ, ‘नेपालीहरुको महान चाड दशैं मनाउन, आफन्त तथा परिवारजनसँग भेटघाट गर्न आफ्नो मातृभूमि पुग्ने गैरआवासीय नेपालीहरुलाई अध्यागमनका कर्मचारीहरुले विनाकारण घण्टौंसम्म विमानास्थलमै रोक्ने, कागजपत्र नपुगेको वाहना गर्ने र घण्टाभन्दा बढी उभ्याएर पछि कुनै कागजपत्र माग नगरी प्रवेश गराउने गरेका घटनाहरुले ठूलो उत्साह बोकेर आफ्नो जन्मभूमि पुग्नेहरु अपमानित महसुस गरिरहेका छन्।’

उहाँले नेपालको संविधान र गैरआवासीय नेपाली ऐन एवं नियमले दिएका अधिकारहरु स्वतन्त्रतापूर्वक प्रयोग गर्न गैर आवासीय नेपालीहरुले पाउनु पर्ने माग पनि नेपाल सरकारसँग गर्नु भएको छ ।

उहाँले विज्ञप्तिमा भन्नु भएको छ, ‘गैर आवासीय नेपालीको परिचय पत्र देखाउँदा देखाउँदै आफ्नो जन्मभूमि भ्रमणमा जान निरुत्साहित गर्नु, हतोत्साही गर्नु र विनाकारण दुख दिनुले गैरआवासीय नेपालीप्रति नेपाल सरकार र सरकारी कर्मचारीको दुर्भावनामात्र देखाउँछ। र, यस्तो कार्यले गैरआवासीय नेपाली परिचय पत्र लिनको लागि पनि विदेशमा बस्ने नेपालीहरुलाई दुरुत्साहित गर्दछ।’


प्रकाशित | ५ कार्तिक २०७८, शुक्रबार ११:३७