लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको अध्यक्ष पदमा रोजिना प्रधान राईले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले आगामी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
‘युकेको विभिन्न सामाजीक संघसंस्था तथा अहिलेसम्म संघमा गरेको योगदान र विशेष गरि उपाध्यक्ष रहँदा पुर्याएको योगदानले आफू अध्यक्षको लागि सक्षम’
राईले अग्रजहरुको सल्लाह सुझाव तथा आग्रहमा आगामी कार्यकालको लागि यूकेको नेतृत्व गर्न अगाडि सरेको बताउनुभयो । अहिलेसम्म संघमा गरेको योगदान र विशेष गरि उपाध्यक्ष रहँदा पुर्याएको योगदानले आफू अध्यक्षको लागि सक्षम रहेको बताउनुभयो ।
त्यस्तै, कोभिड -१९ महामारीमा गरेको कार्य सरानीय रहेको भन्दै यी सबै कार्यबाट प्रभावीत भएर अग्रजहरुले नेतृत्वको लागि अगाडि बढ्न सल्लाह दिएसँगै नेतृत्वको लागि तयारी तीब्र पारिएको उहाँले बताउनुभयो ।
प्रकाशित | ४ बैशाख २०७८, शनिबार ०९:४८