एमालेको कार्यदल विघटन, सरकारलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आफू पक्षीय नेताको उपस्थितिमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि केपी शर्मा ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।


प्रकाशित | १ श्रावण २०७८, शुक्रबार १४:२३