भारतकी भाषा मुखर्जीलाई ‘मिस इङ्ल्याण्ड २०१९’ को उपाधि

काठमाडौँ : मिस इङ्ल्याण्ड-२०१९ को उपाधि भारतीय मूलकी २३ वर्षिय डाक्टर भाषा मुखर्जीले जितेकी छन् । बेलायती संचारमाध्यमहरूका अनुसार उनीसँग २ वटा मेडिकल डिग्री रहेका छन् । त्यस्तै उनको आईक्यू लेवल १४६ छ । यो स्कोरलाई सर्वोत्कृष्ट मानिन्छ । उनलाई पाँच भाषाको ज्ञान छ । बिहिबार ताज जितेकी मुखर्जी शुक्रबार बिहानै आफू कार्यरत अस्पताल ड्युटीमा पुगेको बेलायती पत्रिका ‘द सन’ले जनाएको छ । भारतमै जन्मिएकी मुखर्जी ९ वर्षको हुँदा आफ्नो परिवारसँग बेलायत सरेकी थिइन्।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार २१:०७