काठमाडौँ । आज साँझ ५ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाउनु भएको हो । आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ ।
सीसीएमसीको शनिबारको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। सो प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित | ३० चैत्र २०७७, सोमबार १३:५९