हावाहुरी प्रभावीतको राहत संकलनमा जुटे अभिनेता प्रदीप खडका

काठमाडौं: हावाहुरी प्रभावीतको राहतको लागि अभिनेता प्रदीप खडका सहयोग जुटाउन लागिपर्नुभएको छ । अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशन टिमले पीडितहरुलाई ५० हजार रुपैयाँ सहयोग घोषणा गर्दै सहयोगको लागि सबैमा आह्रवान गर्नुभएको छ ।

अभिनेता खड्काले प्राकृतिक विपत्तमा सबैले सहयोगी मन बढाउनुपर्नेमा जोड दिर्दै सहयोग गर्न सबैमा आह्रवान गर्नुभएको हो । सो घटनापछि राहतको लागि अपिल गर्दै लभ स्टेशन टिमले सहयोगको घोषणा गरेको हो । आफु र चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् ।

हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताउनुभएको छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार २१:११