कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक सुनवाईको पाचौँ संस्करण पौष ४ गते गर्ने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनीक सुनुवाईको पाँचौ संस्करण पौष ४ गते गर्ने भएको छ । प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७ ३० देखि ९ बजे सम्म भर्चुअल रुपमा सार्वजनीक सुनुवाई गर्दै  आएको नगरपालिकाले आगामी संस्करण पौष ४ गते गर्ने भएको हो ।

सार्वजनीक सुनुवाई नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा शाखा प्रमुखहरुको उपस्थितीमा हुनेछ । नगरपालिकाको मासिक सार्वजनिक सुनुवाईमा सहभागी भइ आफ्नो अमूल्य सल्लाह प्रदान गर्न नगरबासीमा आग्रह समेत गरेको छ ।


प्रकाशित | २८ मंसिर २०८०, बिहीबार २०:३२