माओवादीका केन्द्रीय सदस्यले गरे कांग्रेस प्रवेश

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएको छ । दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहनु भएको बिक कांग्रेसमा प्रवेश गर्नुभएको हो । कञ्ञ्चनपुरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका ग्रहण गरी कांग्रेसमा प्रवेश गराउनुभयो । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बिकलाई प्रवेश गराउनुभएको हो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १७:५१