काठमाडौं । गैर आवासीय नेपाली संघ चीनको आयोजनामा संघको काठमाडौंस्थित केन्द्रीय सचिवालय बालुवाटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार कार्यक्रममा ५० जनाले रक्तदान गर्नुभएको छ । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदीप न्यौपाने, एनसिसि चीनका पदाधिकारीहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ मानार्थ परिषद् सदस्य विनोद भट्टराई, खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, ओलम्पियन दिपक विष्ट र निशा रावल, सार्क गेमका स्वर्ण पदक विजेता आयशा शाक्य र मण्डेकाजी श्रेष्ठ, खेलकुद प्रतिष्ठानका पदाधिकारीहरु लगायत गैर आवासीय नेपालीहरुले रक्तदान गर्नु भएको थियो ।
एनसिसि चीनका अध्यक्ष न्यौपानेले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै यस कार्यमा सहयोग गर्नु भएकोमा रक्तसंचार ब्लड बैंकका निर्देशक दिब्य राज पौडैल लगायत टिम प्रति आभार प्रकट गर्नुभयो ।
प्रकाशित | २३ चैत्र २०७७, सोमबार २२:२३