एनआरएनएको उच्चस्तरीय समितिले निर्वाचन गराउने सहमति भएको छैन : डा. हेमराज शर्मा

काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले शनिबार गठन गरिएको एनआरएनएको उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती नभएको बताउनु भएको छ ।

एनआरएनए आइसिसिको ८१औ बैठकद्वारा गठन गरिएको उच्च स्तरिय समितिको टिओर तयार पारेर दर्जनौ पटक संशोधन गरेर अन्तमा सबैलाई मान्य हुने ४ बुदाँमा सम्भावीत उम्मेदवारहरुले सहमत जनाएको बताउँदै महासचिव शर्माले समितिले अधिवेशन र निर्वाचन गराउने कुनै सहमति नभएको बताउनु भएको हो । साथै सो प्रस्तावलाई अध्यक्षको आग्रहमा आइसिसिले जस्ताको तस्तै पारित गरेको समेत उहाँले बताउनु भयो ।

संस्थापन पक्षसँग असन्तुष्ट  कुल आचार्यले आइतबार एक कार्यक्रममा बोल्दै अधिवेशन र निर्वाचन उच्चस्तरीय समितिले गर्नुपर्ने भनाइ राख्नु भएको थियो । तर महासचिव शर्माले आचार्यको भनाईको खण्डन गर्दै समितिले नभई कार्यसमितिले नै निर्वाचन गर्ने बताउनु भएको हो ।

शर्माले भन्नु भएको छ, ‘उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती भएको हैन । विधानमा व्यवस्था भए अनुसार अहिलेको कार्यसमितिले नै महाधिवेशन गर्छ र अहिले गठन भएको निर्वाचन समितिले निर्वाचन गर्छ । उच्च स्तरीय समितिको कार्य क्षेत्र ४ बुँदामा मात्र सिमित छ । सहमतीमा हस्ताक्षर गरे पछि फेरी पछि फर्केर मैले भने जस्तै हुनु पर्छ भन्नु उचित होईन । सहमती भाड्न होईन कार्यान्वयन तिर लागौ।’

 


प्रकाशित | ३ माघ २०७८, सोमबार ०९:४५