विश्वभर एकैदिन ५ लाख २७ हजार बढीमा कोरोना संक्रमण


काठमाडौँः विश्वभर थप ५ लाख २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको हो ।

नयाँ संक्रमितसंगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार ०८:२७