भारतको दोस्रो चरणको चुनाव: ६१ प्रतिशत बढी मतदान, मतदानमा दशौँ लाख भारतीयहरू सहभागी

काठमाडौं : भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव सम्पन्न भएको बीबीसीले जनाएको छ । भारतीय निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा ५.४० बजेसम्म ६१ प्रतिशतभन्दा बढी मत खसिसकेको बीबीसले उल्लेख गरेको छ । दोस्रो चरणको मतदानमा दशौँ लाख भारतीयहरू सहभागी भएका छन्।

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको खबर छ। उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरिदिएका छन्। भारत प्रशासित कश्मीरको श्रीनगरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने आशमा छन् भने विपक्षी कंग्रेसले उनलाई चुनौती दिइरहेको छ।

आयोगका अनुसार असाम ९५ स्थान, बिहार ९५ स्थान, छत्तीसगढ ९३०, जम्मु र काश्मिर ९२०, कर्नाटक ९१४०, महाराष्ट्र ९१००, मणिपुर ९१०, उडिसा ९५०, तामिलनाडु ९३८०, उत्तर प्रदेश ८०, पश्चिम बंगाल ९३० र पोन्डीचरी ९१०का ९५ स्थानमा चुनाव भएको हो ।

 


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार २१:१५