एनआरएनए स्पेनको अधिवेशन आगामी जुलाई २५ मा गर्ने निर्णय

स्पेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अधिवेशन आगामी जुलाई २५ तारिखमा गर्ने निर्णय गरिएको छ । राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठकले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई जुलाई महिनाभित्र अधिबेशन गरिसक्नुपर्ने निर्देशनात्मक परिपत्रलाई पालन गर्दै आगामी २०२१(२०२३ कार्यकालको अधिवेशन आगामी जुलाई महिनाको २५ तारिखमा गर्ने निर्णय गरिएको हो ।

संघका अध्यक्ष दिनेश गुरुङ्गको अध्यक्षतामा विद्युतीय जूम अनलाईन मार्फत बसेको बैठकले महत्वपूर्ण विषयहरूमा विशेष छलफल तथा निर्णय गर्दै सम्पन्न भएको संघका प्रवक्ता सुन्दर रानाभाटले जानकारी गराउनुभयो ।

बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु तथा आइसिसी सदस्यहरु सहभागि हुनुहुन्थ्यो। बैठकमा युरोप उप संयोजक मुक्त बहादुर गुरुङ, सम्पूर्ण एनआरएनए स्पेनका क्षेत्रीय समितीका अध्यक्ष तथा सचीवहरुलाई आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गरिएको थियो।

त्यसै गरी केन्द्रबाट २०२१- २०२३ कार्यकालका लागि पन्जिकृत सदस्यता वितरणलाई अनिवार्य रूपमा एम.आई. एस. (MIS) प्रणालीबाट गर्नु गराउनु भन्ने निर्देशन प्राप्त भएकोले संघको पंजीकृत सदस्यता वितरण एम.आई.एस. प्रणालीबाट मात्र गर्ने र सदस्यता शुल्क वापत १० युरो कायम गर्ने सर्वसमत निर्णय भएको छ ।

संघको विधानत गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको मातहतमा रहेका क्षेत्रीय समितीहरुको हकमा राष्ट्रिय समन्वय परिषद्को अधिबेसन भन्दा १ महिना अगावै क्षेत्रीय समितिको अधिवेशन गरिसक्नु पर्ने भएकोले सम्पूर्ण क्षेत्रीय समितिलाई जुन महिनाको अन्तिम सम्ममा सम्बन्धित क्षेत्रीय समितिको अधिवेशन गर्नु गराउनु भन्दै निर्देशनात्मक पत्राचार गर्ने निर्णय गरेको छ।

साथै बैठकले एम.आई.एस. प्रणालीबाट गरिने पञ्जिकृत सदस्यताको प्रमाणिकरणको लागि राष्ट्रिय समन्वय परिषद स्पेन र प्रत्येक क्षेत्रिय समितीबाट देहाय बमोजिमका व्यक्तिहरूको नाम अनुमति लिनका लागि केन्द्रमा पठाउने निर्णय समेत गरेको छ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद स्पेन;

अध्यक्ष : दिनेश गुरुङ्ग

महासचिब : उमाराज ढकाल

कोषाध्यक्ष : गोविन्दराज तिमिल्सिना

प्रवक्ता : सुन्दर रानाभाट

क्षेत्रीय समिति मड्रिड

अध्यक्ष : सुजिल गोले

सचिव : सागर श्रेष्ठ

क्षेत्रीय समिति पाईस भास्को;

अध्यक्ष : कमला बराल

सचिव : खगेन्द्र बम

क्षेत्रीय समिति ग्रान कानारिया;

अध्यक्ष : पवनलाल राजभण्डारी

सचिव : श्याम कुमार खड्का

क्षेत्रीय समिति कोस्टा ब्लाङ्का;

अध्यक्ष : सुरेन्द्र भुजेल थापा

सचिव : कमल पराजुली

राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालको अधिवेशन स्वच्छ, निस्पक्ष, भब्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि आवस्यक निर्वाचन समिति तथा उपसमिति गठन तथा कार्यविभाजनको लागि यथासक्य छिटो नै बैठक आब्हान गर्ने निर्णय समेत गरेको छ।


प्रकाशित | २३ चैत्र २०७७, सोमबार १०:५२