खाडी मुलुकमा काम गर्ने नेपाली श्रमजीवीहरुको जीवन सुरक्षा र स्वास्थ्यका लागि विशेष पहल गर्नेछु : कुल आचार्य

दोहा : गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन अवश्यक भएकोमा जोड दिनुभएको छ । आचार्यले नेपाल सरकार, विदेशमा रहेका कूटनीतिक निकायहरु तथा गैर आवासीय नेपालीहरुको विश्वव्यापी संजालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाइ मर्यादित र व्यवस्थित बनाउन अवश्यक रहेकोमा जोड दिनुभएको हो ।

एनआरएनए कतारको आठौ अधिवेशनमा मन्तब्य राख्नुहुँदै अध्यक्षका उम्मेदवार समेत रहनु भएको आचार्यले भन्नुभयो, ‘हरेक दिन कम्तीमा दुइजना नेपालीहरूको शव बिमान स्थलमा पुग्ने गरेको छ। कतारमा मात्रै २०२२ बिश्व कप फुटबल प्रतियोगिताका लागि रंगशालाहरू बनाउँदा कम्तीमा १४ सय नेपालीहरूको ज्यान गैसकेको मानव अधकारवादी संङसंस्था तथा समाचारपत्रहरूले जनाएका छन्। त्यसैले आजको पहिलो अवश्यकता भनेको नेपाली दाजुभाइहरूको जीवनको सुरक्षा हो । त्यस्तै हाम्रा दिदी बहिनीहरुले सुरक्षित रूपमा काम गर्न पाउने वातावारण सुरक्षित गर्नुपर्छ ।’

आचार्यले समग्र बैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने हिसाबले काम गर्नुपर्नेमा जोड दिनुपर्नेमा जोड दिर्दै भन्नुभयो, ‘विदेशी मुलुकबाट रेमिटान्स भित्र्याएर योगदान गर्ने कर्मसिल नेपालीहरुको जीवन रक्षा , हक र अधिकारको रक्षाको लागी गैर आवासीय नेपाली संघको सम्पूर्ण ताकत प्रयोग गर्दै निरन्तर लागिरहने प्रण गर्दछु ।’  रेमिन्ट्यास लगानीलाई आम्दानीमा परिणत गर्नुपर्नेमा जोड दिर्दै आचार्यले खाडी मुलुकमा श्रमीकको जीवन र स्वास्थ्य क्षेत्रमा विशेष पहल गर्ने समेत बताउनुभयो ।


प्रकाशित | १४ भाद्र २०७६, शनिबार १४:५७